0
२३ फागुन, सुनसरी । धरानमा आयोजित १७ औं बुढासुब्बा गोल्डकपको उपाधि बिभागीय टीम एपीएफले जितेको छ । धरानको एन्फा टेक्निकल सेन्टरमा सम्पन्न फाइनल खेलमा उसले मनाङ मर्स्याङ्दीलाई १-० गोलले पराजित गरेको हो ।



खेलको पहिलो हाफमा दुबै टीमबाट गोल हुन सकेन । दोस्रो हाफको ६८ औं मिनेटमा राजेन्द्र रावलको हेडर गोल नै निर्णायक बन्न पुग्यो ।

उपाधिसहित एपीएफले नगद ३ लाख ५० हजार पाएको छ । उपविजेता बनेको मनाङले १ लाख ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

सेमिफाइनलमा मनाङले आर्मीलाई २-१ ले तथा एपीएफले धरान फुटबल क्लबलाई ३-० गोलले पराजित गर्दै फाइनलमा पुगेका थिए ।

-www.onlinekhabar.com

Post a Comment

 
Top