भरतपुर, २५ फागुन । चलचित्र पत्रकार संघ चितवन शाखाको अक्षयकोष निर्माणका लागि आईतवार चलचित्र झोलाको विशेष प्रदर्शन गरिएको छ ।
चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकार तथा चलचित्रकर्मीले हरेक बर्ष सम्मान गर्ने उद्देश्यको साथ चलचित्र पत्रकार संघ चितवन शाखाले अक्षयकोष निर्माण सहयोगार्थ च्यारिटी शो गरिएको हो ।
नारी दिवसको अवसर पारेर शाखाले चितवनको इन्द्रदेव चलचित्र मन्दिर नारायणगढमा च्यारिटी गरिएको चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष रवी अधिकारीले जानकारी दिए ।
चलचित्र पत्रकार संघ चितवनकै आयोजनामा भएको उक्त च्यारिटी शो मा विभिन्न स्कुलका विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । त्यस्तै विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत स्थानिय सञ्चारकर्मी तथा फिल्मकर्मीको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
उनीहरुले झोला समाजको प्रस्ट तस्वीर भएकाले एकपटक सबैले हेर्नुपर्ने प्रतिक्रिया दिए । च्यारिटी शो बाट संकलित रकमले चलचित्र पत्रकार संघ चितवनको अक्षय कोष निर्माण गरिने संघका अध्यक्ष अधिकारीले बताए ।
अक्षयकोष निर्माण्ँ गरेर संघलाई संगठित र मजबुत बनाउने अध्यक्ष अधिकारीका भनाई छ । सति प्रथाको ऐतिहासिक कथामा आधारित मौलिक नेपाली चलचित्र झोलामा करिब १०० बर्ष अघि नेपाली समाजमा व्याप्त सती प्रथालाई फिल्मले पर्दामा उतारेको छ ।
कृष्ण धारावासीको कथा झोलामा आधारित फिल्ममा गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी, सुजल नेपाललगायतको अभिनय रहेको छ । फिल्म झोलालाई यादव भट्टराईले निर्देशन गरेका हुन । चलचित्र यस अघि ओस्कार अवार्डका लागी समेत छनौट भएको थियो ।
-dainiknepal.com
Post a Comment