झन्डै एकवर्ष लामो अनुसन्धानपछि बनाइएको उक्त वृत्तचित्रलाई ४८ घन्टाभित्र करीब १० करोड मानिसले हेरिसकेको जनाइएको छ।
त्यो कसरी हट्यो भन्नेबारे प्रष्ट नभए पनि उक्त वृत्तचित्र निकै चर्चित भएपछि चिनियां अधिकारीहरुले हटाउन आदेश दिएको हुनसक्ने अनुमान गरिएको छ।
'अण्डर द डोम' नामक उक्त वृत्तचित्रमा चीनमा बढ्दो वायु प्रदूषणका कारण वातावरण र मानव स्वास्थ्यमा परिरहेको नकारात्मक असरबारे व्याख्या गरिएको छ।
उक्त वृत्तचित्र वेबसाइटहरुबाट झिकिनुअघि करोडौं मानिसहरुले हेरेको बताइएको छ।
चुनौती
पछिल्लो विवादबीच चीनका वातावरण मन्त्री चेन जीनिंगले प्रदूषण हटाउन ठूलो चुनौती रहेको टिप्पणी गरेका छन्, तर उनले वृत्तचित्रबारे भने उल्लेख गरेनन्।प्रधानमन्त्री ली कच्यांगले प्रदूषणलाई मानव जीवनमाथिको धब्बा भनी व्याख्या गरेको दुई दिनपछि उक्त वृत्तचित्र वेबसाइटहरुमा उपलब्ध हुन छाडेको बताइएको छ।
संवाददाताहरुले उक्त वृत्तचित्रको लोकप्रियताले चिनियां सरकारी अधिकारीहरुलाई अप्ठ्यारोमा पारेको बताएका छन्।
प्रदूषणको मामिलाले चिनियां संसदको हालको अधिवेशनमा पनि प्राथमिकता पाएको छ।
आलोचना
एक जना प्रख्यात खोज पत्रकार चाइ जींगले निर्माण गरेको उक्त वृत्तचित्रले वातावरणसम्बन्धी सरकारी कानुनहरुको आलोचना गरेको छ।चीनले विश्वकै सबैभन्दा ठूलो अनलाइन सेन्सरसीप माध्यम 'द ग्रेट फाइरवाल' सञ्चालन गर्ने गर्छ।
पछिल्लो वृत्तचित्र वेबसाइटहरुबाट हटाइएपछि इन्टरनेटका सामाजिक सञ्जालका केही प्रयोगकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्।
Post a Comment