0


काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्षा शेष घलेले त्रिभुवन विमानस्थलमा टर्किस जहाज दुर्घटनापछि नेपाल फर्कने क्रममा विश्वका विभिन्न विमानस्थलमा अलपत्र नेपालीलार्इ सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाल फर्कने क्रममा आफैं पनि बैंककमा फसेका उनले शनिबार विज्ञप्ती निकालेर विभिन्न विमानस्थलमा अलपत्र नेपालीलार्इ खान र बस्न समस्या भएको भन्दै उनीहरुलार्इ सहयोग गर्न आह्वान गरेका हुन् ।

नेपालको अन्तराष्ट्रिय बिमानस्थल बन्द भएपछि नेपाल जाने तयारीमा विभिन्न मुलुकका एयरपोर्टमा सयौं नेपाली अलपत्र पर्नुभएको छ', उनले भनेका छन्, ' मलेसिया, थाइल्याण्ड, हङकङ, दोहा, साउदी अरब लगायतका एयरपोर्टमा अलपत्र नेपालीलाई सहयोगमा जुट्न अनुरोध गर्दछु ।' (मलेसियाको एयरपोर्टमा सयौं नेपालीको बिचल्ली मलेसियाको एयरपोर्टमा सयौं नेपालीको बिचल्ली)

विभिन्न एयरपोर्टमा अलपत्र नेपालीलार्इ खर्च र बसोबासको समस्या देखिने थालेको जानकारी प्राप्त भएको जनाउँदै उनले सबै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समिति शाखालाई ती एयरपोर्टमा पुगी सहयोग गर्न घलेले आग्रह गरेका छन् ।

उनले सम्बन्धित देशका नेपाली दूतावास र नियोगसँग समन्वय गरी अलपत्र नेपालीहरुको सहयोगमा जुट्न समेत अनुरोध गरेका छन् ।

'म पनि नेपाल जाने तयारीमा बैंकक एयरपोर्टमै रोकिएको छु,' उनले भनेका छन्, ' यदि बैंककमा एयरपोर्टमा कोही नेपाली समस्यामा हुनुहुन्छ भने कृपया मेरो सम्पर्कमा आउनुहोला ।'

-annapurnapost.com

Post a Comment

 
Top