नेकपा–माओवादीका सचिव देव गुरुङले एमाअाेवादीका अध्यक्षा पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले गल्ती स्वीकारेकाले पार्टी एकीकरणकाे पहल भइरहेकाे बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ नवलपरासीले कावासोतीमा गरेको पत्रकार सम्मेलनमा सचिव गुरुङले समान विचार भएका कम्युनिष्ट पार्टीसँग पार्टी एकताका लागि छलफल जारी रहेको बताए । उनले भने, “तत्कालीन अवस्थामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईमा वैचारिक विचलन देखिएकाले पार्टी विभाजन भयाे । अहिले दाहाल र भट्टराइले गल्ती स्वीकारेको अवस्थामा एमाओवादीसँग पार्टी एकताको लागि छलफल सुरु गरिएको हाे ।”
-www.himalkhabar.com
Post a Comment