एजेन्सी । रुसका प्रभावशाली विपक्षी नेता ५५ वर्षे बोरिस येफिमोभविच नेम्त्सोभको गत २७ फेब्रुअरीमा हत्या भयो । राजधानी मस्कोमा पनि सबैभन्दा सुरक्षित मानिने क्रेमलिन वाल र रेड स्क्वायर नजिकैको मस्कभोरेत्स्की पुलमा उक्त घटना भएको थियो । छ्याप–छ्याप्ती सीसीटीभी क्यामेरा भएको उक्त स्थानमा उनको महिला मित्र भने जोगिइन् ।
सुरुमा धेरैले ती महिला उनकै दलका सहयोगी वा कार्यकर्ता होलिन् भन्ने अनुमान गरेका थिए । मस्को प्रहरीले नियन्त्रणमा लिएर पाँच दिनसम्म थुनामा राखेपछि बल्ल हल्लीखल्ली भयो । नेम्त्सोभको हत्यापछि एकाएक चर्चामा आएकी उनी २३ वर्षे युक्रेनी मोडल अन्ना दुर्यत्स्का हुन् । राष्ट्रपति भ्यादिभिर पुटिनका कट्टर आलोचक नेम्त्सोभ र अन्नाबीचको सम्बन्धको सार्वजनिकीकरण सबैका लागि रोचक विषय बन्यो ।
नेम्त्सोभ हत्याको बेला पूर्वी युक्रेनको युद्दमा रुसका संलग्नता र पश्चिमा प्रतिबन्धले उत्पन्न वित्तीय संकटको विरोधमा प्रदर्शन गर्न मस्को आएका थिए । उनले प्रदर्शनको अगाडि नै आफ्नो हत्या हुनसक्ने भन्दै आशंका व्यक्त गरेका थिए । पुटिनविरोधी हत्या भएको यो पहिलो घटना भने होइन । २००३ को १७ अप्रिलमा सुधारवादी राजनीतिज्ञ ६५ वर्षे सर्गेई युसेन्कोभको मस्कोको घरनजिकै हत्या भएको थियो ।
डिसेम्बर २००३ को संसदीय निर्वाचनमा सहभागी हुन लिवरल रसिया पार्टी दर्ता गराएको केही घन्टा नबित्दै उनी मारिएका थिए । सोही वर्षको जुलाईमा खोजी पत्रकार ६५ वर्षकै युरी सेचेकोचिखिनको १६ दिनको रहस्यमय रोगपछि ३ जुलाई २००५मा मृत्यु भयो । उनले केही दिनअघि मात्रै अमेरिकाको संघीय जाँच व्युरोसँग बैठक गर्ने भएका थिए ।
सन् २००४ को जुलाईमा मस्को गल्लीमा गुडिरहेको कारबाट गोली प्रहार गरिएका फोब्र्स म्यागजिनको रुसी सम्पादक अमेरिकी नागरिक ५१ वर्षीय बेरिस बेरेजोभ्स्की बेलायतस्थित घरमा मृत फेला परे । तर,पुटिनको १५ वर्षे कार्यकालमा नेम्त्सोभको हत्यालाई लिएर सबैभन्दा बढी अन्तर्राष्ट्रिय चासो छ ।
पुटिनविरोधी हत्याको सूची बढ्दै गएको छ । तर अहिलेसम्म कुनै पनि हत्याको पूर्ण तथा सफल अनुसन्धान हुन सकेको छैन । घटनामा प्रत्यक्ष संलग्नलाई पक्राउ गरी कारबाही पनि चलाइयो । तर,अहिलेसम्म पेसेवर हत्यारालाई मार्ने आदेश दिनेको खुलासा भएको छैन भनेर आजको कान्तिपुर दैनिकले एजेन्सीको सहयोगमा खबर लेखेको छ ।
-www.onlinechautari.com
Post a Comment