काठमाडौं । परराष्ट्र सेवामा कार्यरत धनबहादुर वलीले पहिलो कविता सङ्ग्रह ‘लिगलिगको उकालोमा’ श्रोता समक्ष ल्याइएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रम वरिष्ठ कवि तुलसी दिवसले कविता सङ्ग्रह सार्वजनिक गरे ।
वलीले परराष्ट्र सेवाका क्रममा देखेका, भोगेका र अनुभव गरेका विषयहरू ‘लिगलिगको उकालोमा’ समेटेका छन् ।
समालोचक एवम् कवि डा.नेत्र एटमका अनुसार वलीले आफ्नो बाल्यकाल र युवा अवस्थाका विषयहरू समेटेर कविता बनाइएका छन् ।
मुलुकको अवस्था, वैदेशिक रोजगारीको समस्या, बलत्कार, राजनीतिक नेतृत्वको असक्षमताका कारण देखिएको समस्या, बाल्यकाल, सरकारी सेवाका क्रममा देखिएको अनुभव आदि विषय पनि कविहरूमा समेटिएको छ ।
स्वयं वलीले पनि ती विषयहरू कवितामा समेटेको बताए । ‘मेरो जीवनसँग जोडिएका कतिपय विषय कविताहरूमा समेटिएका छन्’, वलीले भने, ‘मेरी जीवनसङ्गिनीसँगको सम्बन्धलाई पनि कवितामा राखेको छु ।’
त्यस्तै वरिष्ठ कवि तुलसी दिवसले कविता तालीका लागि लेख्न नहुने बताए । ‘ताल पाइन्छ कि भनेर कविता लेख्नु हुँदैन’, उनले भने, ‘कविता मौलिक विषय समेटेर लेख्नुपर्छ । जीवन्त हुनुपर्छ ।’
रीता खत्री, मोमिला, गायत्रीलगायतका कविहरूले वलीद्वारा लिखित कविता कार्यक्रममा वाचन गरेका थिए ।
जन्मथलो दाङ भएका कवि परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । उनी हाल काठमाडौंको ठमेलस्थित सार्क सचिवालयमा कार्यरत छन् ।
-dainiknepal.com
Post a Comment