0

काठमाडौ, ३० फागुन- विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक लोडसेडिङ २ घण्टा घटाउने भएको छ । अब दिनको ९ घण्टामात्रा लोडसेडिङ हुने छ । लहानदेखि पश्चिम र लमहीदेखि पूर्वको मध्य क्षेत्रमा प्राधिकरणले लोडसेडिङ घटाएर दैनिक ९ घण्टामा झार्ने भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
‘चुहावट नियन्त्रणबाट बचेको र कुलेखानीलाई पीक आवरमा अलि बढी समय बढाएर लोडसेडिङ घटाउन लागेका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘४० देखि ५० मेगावाट विजुली भए दैनिक २ घण्टा लोडसेडिङ घट्छ ।’ उनले लोडसेडिङ घटाउन नदीको वहावको कुनै योगदान नभएको बताए । ‘नदीको वहाव बढेको छैन, बरु घटिरहेको छ ।’
खासगरी आइरन गेट भनेर चिनिने एसएलसी परीक्षा नजिकिरहेका बेला विद्यार्थीलाई लक्षित गरी लोडसेडिङ घटाउन लागेको काफ्लेको भनाई छ । ‘चुहावट नियन्त्रणबाट बचेको बिजुलीमात्र २ घण्टा लोडसेडिङ घटाउन पर्याप्त नभएकाले कुलेखानी पनि बढी समय सञ्चालन गर्न लागेका हौं,’ उनले भने, ‘एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीको हीतलाई ध्यानमा दिएर यो कदम चाल्न लागेका हौं ।’

Post a Comment

 
Top