0

टर्की घुम्न गएका बेला आफ्ना छोरा त्यहाँबाट हराएको साइद इस्माइल मुसाल्लमका आमाबुवाले बताएका छन्

इस्लामिक स्टेट जिहादीहरुले जासुसीको आरोपमा एकजना इजरेली अरब व्यक्तिको गोली हानी हत्या गरेको भनिएको भिडियो अनलाइनमा सार्वजनिक गरेका छन्।
इस्लामिक स्टेट लडाकुहरुले साइद इस्माइल मुसाल्लम भनेर पहिचान खुलाएका ती इजरेली अरबमाथि एक किशोरले गोली प्रहार गरिरहेको भिडिओमा देखिन्छ।
१९ वर्षीय ती व्यक्ति विदेशी लडाकुका रुपमा सिरियामा इस्लामिक समूहमा आबद्ध भएको उक्त समूहले जनाएको छ।
इस्लामिक स्टेटका अनुसार, पछि मुसाल्लमले आफू इजरेली गुप्तचर निकाय मोस्सादका लागि जासुसी गरिरहेको स्वीकार गरेका थिए।

अस्वीकार

इस्लामिक स्टेटसँग सम्बद्ध एउटा अनलाइन पत्रिकाले मुसाल्लमको नाममा एउटा अन्तरवार्ता प्रकाशित गरेको थियो, जसमा उनले आफूलाई उक्त संगठनमा घुसपैठ गराउनका निम्ति इजरेलले पठाएको स्वीकार गरेका थिए
आइएसले किशोरहरुलाई पनि जिहादीका लागि भर्ना गरेको बताइन्छ, बीबीसीका एकजना संवाददाता भन्छन्- उक्त अन्तरवार्ताबाट उनी इस्लामिक स्टेटको दुष्चक्रमा फसेको र उनको ज्यान जोखिममा रहेको स्पष्ट सन्देश प्रवाह गरेको थियो।
तर इजरेल र मुसाल्लमको परिवारले उक्त आरोप अस्वीकार गरेका छन्।
सन् २०१४ मा पर्यटकका रुपमा टर्की गएका बेला उनी हराएको उनीहरुको भनाई छ।
त्यसको केही महिनापछि इस्लामिक स्टेटसँग सम्बद्ध एउटा अनलाइन पत्रिकाले मुसाल्लमको नाममा एउटा अन्तरवार्ता प्रकाशित गरेको थियो, जसमा उनले आफूलाई उक्त संगठनमा घुसपैठ गराउनका निम्ति इजरेलले पठाएको स्वीकार गरेका थिए।

पुष्टि

मुसाल्लमको हत्या गरिएको भनिएको भिडिओको स्वतन्त्र पुष्टि हुन सकेको छैन्।
बन्धकहरुको हत्या गरिएको भिडिओ सार्वजनिक गर्ने इस्लामिक स्टेटको प्रोपोगाण्डाको यो पछिल्लो कडी भएको बताइएको छ।
यसअघि लिबियामा उक्त समूहले २१ जना कोप्टिक ईसाईहरुको हत्या गरिएको भिडिओ सार्वजनिक गरेका थिए।



Post a Comment

 
Top