0


एजेन्सी : केही समययता युुवाहरुमा सेल्फी लिने पागलपन सवार भएको छ । युवाहरु सेल्फी लिने कुनै मौका गुमाउँदैनन् । ट्वाइलेटमा होस य भान्सामा, बसमा होस या रेलमा कलेजमा होस् या सडकमा उनीहरु जहाँसुकै जस्तो अवस्थामा पनि सेल्फी लिइरहेका छन् ।

कतिसम्म भने सुतेको बेलादेखि घाटसम्म पनि युवायुवती सेल्फीका लागि मरिहत्ते गर्छन् । युवाहरुमा सेल्फीको भुत सवार भएका बेला एक युवा पागलपनको सीमा नै नाघेका छन् ।

भारतका एक युवाले केही दिनअघि आफ्ना काकाको निधन भएको सन्देशसहित उनको शवसँगै लिएको सेल्फी अहिले ट्वीटर र फेसबुकमा भाइरल बनेको छ । ती भारतीय युवाले आफ्ना काकाको शवसँगै लिएको सेल्फीले भारतीय मिडियामा समेत हल्लीखल्ली मच्चाएको छ ।


यो सेल्फीको सामाजिक सञ्जालमा समेत निन्दा भएको छ । आम मानिससहित चर्चित सेलिब्रेटीहरुले समेत यो सेल्फीको खुुबै निन्द गरेका छन् ।

अस्ट्रेलियाको सिड्नी सहरमा हतियारधारी मानिसले कयौं मानिसलाई एक क्याफेम बन्धक बनाएको खबर मिडियामा आयो । देशभर बन्धक मानिसको सुरक्षाको प्राथना गरिरहेक थिए ।


तर त्यही संकटको माहोलमा केही मानिसमा भने सेल्फीको पागलपन सवार भएको थियो । उनीहरुले बन्धक मानिसको समेत प्रबाह नगरी क्याफेकै अगाडि सेल्फी लिन भ्याए ।

यसैगरी केही समयअघि चीनको सांग्सी प्रान्तमा अप्रेशनका क्रममा विरामीका साथ डाक्टरहरुले सेल्फी लिएपछि उनीहरुमाथि आपत आइ लागेको थिायो ।

सियान सहरका स्वास्थ्य व्यूरो प्रमुखका अनुुसार सेल्फी लिने तीन जना डाक्टरहरुलाई जागिरबाट समेत बर्खास्त गरिएको थियो । अन्य चिकित्सकलाई भने चेतावनी दिइएको थियो ।



-annapurnapost.com

Post a Comment

 
Top