0


२७ फागुन, काठमाडौं । के तपाईलाई घरबाहिर निस्कँदा वा बाटोमा हिँड्दा पनि चुरोट पिउने बानी छ ? यदि छ भने अबदेखि सचेत रहनुहोला । प्रहरीको चुसे (चुरोट सेवन) नियन्त्रण अभियान फेरि सक्रिय भएको छ ।

रत्नपार्क र सिंहदरबार क्षेत्रमा निस्फिक्री चुरोट तानिरहेका २२ जनालाई सोमबार मध्याह्न प्रहरीको फन्दामा परेको नयाँ पत्रिकामा खबर छ । तीमध्ये १७ जनाको सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगी आइन्दा त्यसरी धुम्रपान गर्नेछैनौं भन्दै कागज गरेर छुटेका छन् ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट खटिएको टोलीले सोमबार मध्याह्न रत्नपार्क तथा सिंहदरबार क्षेत्रमा पर्ने सार्वजनिक स्थानमा चुरोट तानिरहेका २२ जनालाई पक्राउ गरेको थियो ।
तीमध्ये पाँचजना सार्वजनिक स्थानभन्दा केही पर भएकाले उनीहरुलाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाएको र बाँकी १७ जनालाई कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले बताए ।

-onlinekhabar.com

Post a Comment

 
Top