0



काठमाडौं : कोरियाली स्मार्टफोन निर्माता एलजीले उत्पादन गरेको उच्च क्षमताको स्मार्टफोन एलजीजी ३ ले यो वर्षको उत्कृष्ट स्मार्टफोनको उपाधि जितेको छ।

यो वर्षको उत्कृष्ट स्मार्टफोन घोषित एलजीको स्मार्टफोन एलजीजी ३ सन् २०१४ मा उत्पादित विश्वभरका स्मार्टफोनमध्ये एन्ड्रोइड सिस्टमयुक्त एलजीको जी ३ र एप्लअपरेटिङ सिस्टमयुक्त आइफोन ६ ले संयुक्त रूपमा यो अवार्ड हात पारेका छन्। स्पेनको बासिलोनामा सम्पन्न मोबाइल वल्र्ड कंग्रेस २०१४ मा यी दुई स्मार्टफोनलाई उपाधि प्रदान गरिएको छ। तीन सयभन्दा बढी विशेषज्ञ, प्रविधि विश्लेषक, पत्रकार र अनुसन्धानकर्ताको मतका आधारमा यो उपाधि प्रदान गरिएको हो।

जीएसएमए यसोसिएसनले अन्य विभिन्न बिधामा 'ग्लोबल मोबाइल अवार्ड २०१५' प्रदान गरेको छ। आइफोन ६ ले एलजीजी ३ सँग यो वर्षको उत्कृष्ट स्मार्टफोनको उपाधि बाँडेको छ। ५.५ इन्च स्क्रिन भएको एलजीजी ३ फोनमा १३ मेगापिक्सल क्यामेरा, ३२ जीबी आन्तिरिक स्टोरेज, ३००० एमएएचको ब्याट्री, वायरलेस चार्जिङ लगायतको सुबिधा छ। उत्कृष्ट सस्तो स्मार्टफोन (१०० डलरभन्दाकम) को अवार्ड मोटोरोलाको 'मोटो इ' ले हातपारेको छ।

- annapurnapost.com

Post a Comment

 
Top