सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान निमार्णको विषयलाई लिएर सम्बन्ध चिसिएको छ । नागरिक दैनिकमा समाचार छ ।
संविधानसभामा सुरु भएको संविधान निमार्ण प्रक्रिया रोकेर कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादी नेतृत्व मोर्चासँग वार्ता थालेसँगै दुई दलबीच अबिश्वास गहिरिएको हो ।
प्रक्रियाबाटै भएपनि संविधान निमार्ण गर्ने बताउँदै आएका कोइराला माओवादीसहित विपक्षी दललाई साथमा लिएर सत्ता साझेदारीका लागि समेत तयार भएको एमालेको बुझाइ छ ।
-setopati.com
Post a Comment