0
काठमाडौं, २४ फाल्गुन । बैंक तथा वित्तीय संस्थाले आगामी बैशाखदेखि अनिवार्य रुपमा एमआइसिआर (म्याग्नेटिक इंक क्यारेक्टर रिकग्निसन) चेक प्रयोगमा ल्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले वैशाखदेखि साधारण चेक प्रयोगमा नल्याउने निर्देशन दिइसकेको छ । केन्द्रीय बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले एमआइसिआर चेक जारी गर्न लागेका हुन् । बैंकहरुको चेकमा एकरुपता ल्याउन र राफसाफको लागि यो व्यवस्था ल्याइएको हो ।



केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई साधारण (एमआइसीआर बाहेक) चेक राफसाफ गर्न नहुने भन्दै उक्त सूचना आफ्ना ग्राहकसम्म पुर्या्उन भनेको छ । बैंक खाता खोलेर चेक लिएका ग्राहकले आफूसँग भएको साधारण चेक साटिसक्नु पर्ने वा त्यसको बदलामा अर्को चेक लिनुपर्ने छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाले एमआइसिआर चेक प्रयोगमा ल्याइसकेको र बाकी रहेकाले यस्तो चेक जारी गर्ने तयारीमा छन् । संसारभर प्रचलनमा रहेको एमआइसिआर चेकको तल्लो भागमा केही अंक वा संकेत हुन्छ । उक्त चेकमा चेक जारी गर्ने बैंकको कोड, ग्राहकको खाता नम्बर, चेक नम्बर र चेक रकम उल्लेख हुन्छ । त्यसका आधारमा क्लियरिङ हाउसले चेक राफसाफ गर्छ । बैंक तथा वित्तीय संस्थामा साधारण चेकको आकार बढेर साफसाफमा समस्या हुन थालेपछि चेकको अक्षर र संकेतलाई चिन्न सक्ने प्रविधि विकास भएको हो ।

-www.onlinechautari.com

Post a Comment

 
Top