0

काठमाडौं, २४ फागुन– नेपालमा लगायत विश्वभर आज १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदैछ । यस अवसरमा सरकारी र गैरसरकारी स्तरमा विभिन्न कार्यक्रम गरिँदै छन् । यो वर्ष लैङ्गिक मैत्री संबिधान, महिला हिंसाको निदान भन्ने राष्ट्रिय नारा र मानवताका लागि महिला शसक्तिकरण व्यवहारमा उतारौं भन्ने अन्तर्राष्ट्रिय नाराका साथ दिवश मनाईदैछ । मार्च ८ का दिन मनाइने यो दिवस राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट शुरु भएको हो । अहिले यसको दायरा बढ्दै महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता विषयमा समान ढंगले काम भैरहेका छन् । अन्तर्राष्ट्रिय नारी दिवस न्यूयोर्कका महिलाले गरेका संघर्षको स्मृतिमा मनाइएको हो । विश्वमा भएका श्रमिक महिलाका आन्दोलनको सम्झनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो। मार्च ८ श्रमिक महिलासँग जोडिएको छ। १६ घन्टाको सट्टा ८ घन्टा बनाउनुपर्ने मागसहित आन्दोलन भएको थियो।

सन् १८५७ मा अमेरिकाको कारखानामा काम गर्ने श्रमिक महिलाले कामको निश्चित घन्टाको माग राख्दै आन्दोलन गरेका थिए। आन्दोलन फैलँदै गयो। सन् १९०९ मा अमेरिकाको न्युयोर्कस्थित कारखानाका मजदुरलाई व्यवस्थापनले कामबाट निकालिदियो। उनीहरूलाई मजदुर युनियनमा लागेको आशंकामा निकालेको थियो। त्यसपछि श्रमिक हडतालमा उत्रिएका थिए। यस घटनाले श्रमिक आन्दोलनमा परिवर्तन ल्यायो। महिला युनियनमा संगठित हुन थाले। हडताल ुमहान उथलपुथलु को नाममा चर्चित छ।
सन् १९१० मा १७ देशका सय जना समाजवादी महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भयो। जर्मन समाजवादी नेतृ क्लारा जेट्किनले महिलाको समान अधिकारका लागि आवाज उठाएकी थिइन्। उनले ८ मार्चलाई महिलाको अधिकारसँग जोडेर दिवस मनाउने प्रस्ताव राखिन्। त्यसपछि श्रमिक महिला दिवस मनाउन सुरु गरिएको थियो। १०५ औं अन्तराष्ट्रिय महिला दिवश मनारहदा नेपालमा महिला शशत्तिकरण तथा सहभागिताको अवस्था दयनीय छ ।

-harekpal.com

Post a Comment

 
Top