0

टर्किस् विमान

टर्किस् एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलनमा विहान ७ बजेर ४० मिनेट जाँदा अवतरण गरे लगत्तै धावनमार्गबाट चिप्लिएर दायाँ पट्टीको घाँसे चौरमा कुद्न पुगेको थियो।
त्यही क्रममा केहीबेरमा धावनमार्गको करिब बीचभाग नजिकै पुग्न लाग्दा पाङ्ग्रा जमिनमा जोतिएर रोकिन पुगेको थियो।

विमानको जमिनमा भासिएको चक्कामा क्षति पुगेको अनुमान गरिएको छ

घटना लगत्तै उद्धार कार्यलाई तीब्रता दिइएको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्रबन्धक पूर्ण चुडालले घटनाबारे अनुसन्धान भइरहेको बीबीसी नेपाली सेवालाई बताए।
“यो दुर्घटना होईन, खराब अवतरण मात्रै हो, हामी घटनाको कारणबारे सोधपुछ र अनुसन्धान गर्दैछौं।”
टर्कीको इस्तानबुलबाट आएको सो विमानमा २२७ मानिस रहेका थिए।
अवतरणको पहिलो प्रयास विफल भएपछि विमानले अवतरण गर्ने दोस्रो प्रयास गर्दै गर्दा यो घटना भएको हो।
'सकुशल'
घटनामा दुई वा तीन जना मानिस सामान्य घाइते भएको चुडालले बताए।
“सबै सकुशल छन्, कोही पनि अस्पताल लैजानुपर्ने गरी घाइते छैनन्।”
सबै सकुशल छन्, कोही पनि अस्पताल लैजानुपर्ने गरी घाइते छैनन्
पूर्ण चुडाल, प्रवन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
टर्किस् विमान चिप्लिए लगत्तै सम्भाव्य आगलागीबाट जोगाउन अग्नी नियन्त्रकहरु परिचालित थिए।
सो एअर बस विमान रोकिएपछि खिचिएको एक अनलाइनमा प्रकाशित भिडिओमा यात्रुहरु आपतकालीन ढोकाहरुबाट चिप्लिदै झरिरहेको देख्न सकिन्छ।
सो विमानको जमिनमा भासिएको चक्कामा क्षति पुगेको अनुमान गरिएको छ।
टर्किस् विमानलाई धावनमार्ग नजिकैको चौरबाट टरम्याकमा लैजान केही घण्टा लाग्ने अधिकारीहरुले बताएका छन्।
आन्तरिक उडानहरु दिउँसोबाट शुरु गर्ने तयारी भइरहेको, तर अन्तर्राष्ट्रिय उडानहरुका लागि विमानस्थल साँझ पाँच बजेसम्म बन्द रहने चुडालले बताए।

-www.bbc.co.uk/nepali

Post a Comment

 
Top