विश्वकप क्रिकेटमा पाकिस्तानले यूएईसामू ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ३ विकेट गुमाएर ३३९ रन बनायो ।
पाकिस्तानको पहिलो विकेट भने सुरुमा नै गुमेको थियो । १० रन जोड्दा नसिर जमसेदलाई ४ रनमा गुमाएको पाकिस्तानका लागि अजमद सेहजाद र हरिस सोहिलले दोस्रो विकेटका लागि १६० रनको साझेदारी गरे ।
सोहिल ७० रनमा आउट भए भने थप ६ रन जोड्दा सेहजाद ९३ मा रन आउट भए ।
चौथो विकेटका लागि सोहिव मकसुदले कप्तान मिस्बाह उलहकसँग ७५ रजको साझेदारी गरे । मकसुद ४५ रनमा आउट भए ।
मिस्बाहले ६५ रन बनाए । साहिद अफि्रदी २१ र वाहव रियाज ६ रनमा अविजित रहे ।
यूएईका मंजुलाले ४ विकेट लिए ।
- www.onlinekhabar.com/
Post a Comment