प्रकृतिको नियमनै हो महिलाका लागि महिनावारी नियम हो । तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो ,त्यो नै दुखलाग्दो कुरा हो । महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो, तर बढि दुखनु खतरा हो ।
स्वास्थमा यो समयमा उनिहरु धेरै कमजोरी हुन्टन् तर, महिनावारी हुदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वाकवाकी लाग्ने, ढाड र कम्मर जोडले दुख्ने, खान मन नलाग्ने र नियमित दैनिक कामसमेत गर्न गाह्रो हुन्छ भने त्यो एक किसिमको समस्या हो ।
उमेर पुगेका पाका वा विवाहित महिलामा भन्दा यस्तो समस्या भर्खरै महिनावारी सुरु भएका युवतीमा, अविवाहितमा धेरै देखिने गर्दछ । चिकित्सकीय भाषामा महिनावारीको समयमा हुने पीडालाई डिस्मेनोरिया भनिन्छ ।
स्त्रीरोग विशेषज्ञ डा भोला रिजालका का अनुसार” यो समस्या विवाहित र अविवाहित दुवै महिलामा देखिन्छ। तर, अविवाहितमा विवाहितको तुलनामा धेरै पाइन्छ” । उनका अनुसार महिनावारीमा हुने यस्तो समस्या प्रामरी र सेकेन्डरी गरी दुई किसिमका छन् । प्राइमरी डिस्मेनोरिया प्रायः अविवाहित तथा वयस्क महिलालाई हुने गर्छ। सेकेन्डरी डिस्मेनोरिया भने २० वर्षमाथिको उमेर समूहका महिलालाई हुने गर्छ। यो प्रायः विवाहित महिलामा देखिने समस्या हो ।
प्राय गरेर डाक्टरको सल्लाहानै उत्तम उपाय हो भन्दछन्, यसै कुरालाई उनि भन्छन् डिस्मेनोरियाको दुखाइबाट छुटकारा पाउन चिकित्सकको सल्लाहमा पेन किलर खानुसँगै घरमै समेत उपचार गर्न सकिन्छ । विशेषगरी महिलाले तल्लो पेटमा हलुका मालिस गर्ने, पेटमा रबरको थैली वा बोतलमा तातोपानी राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर सेक्ने गर्दा धेरै राहत पाउन सकिन्छ । यस्तै ढाड र खुट्टासमेत सेकाउन सकिन्छ। अदुवा पानी तताएर खाने, गेडागुडीको तातो झोलको सेवन गर्दा पनि दुखाइबाट छुटकारा पाउन सकिन्छ । यस्तै आफूलाई केही व्यस्त राख्दासमेत राहत हुनेछ ।
Post a Comment