0


काठमाडौ, २५ फाल्गुन । वैदेशिक रोजगारीका सिलसिलामा सवा लाख भन्दा बढी महिला देश बाहिर छन् । यो कुल विदेशिने नेपालीको ३.३९ प्रतिशत हो ।
विदेशमा ३७ लाख ६७ हजार ३३६ युवा गएको सरकारी तथ्याङ्क छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा एक लाख २७ हजार ६ सय ५४ महिला रोजगारीका क्रममा देश बहिर गएका छन् । कुवेतमा हाल ३७ हजार १२ नेपाली महिला काम गरिरहेका छन् । संयुक्त अरब इमिरेट्स यूएई मा २२ हजार ६६५, मलेसियामा १७ हजार ३२२, लेबनानमा १० हजार ८५८ महिला छन् ।

कतारमा ५ हजार ५०१, साउदी अरबमा २ हजार ३८५, इजरायलमा ३ हजार ८६३, ओमनमा ३ हजार २८६ र बहराइनमा २ हजार ५८८ महिला कार्यरत रहेको तथ्याङ्क छ । पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले राज्यले गर्ने गलत नीतिले महिलाको संख्या कम देखिएको बताइन् । महिला कामदार विदेशमा शारीरिक तथा मानसिक शोषणमा पर्ने गरेका छन् ।

 उनीहरु १८र२० घण्टासम्म काम गर्नुपर्ने, पारिश्रमिक पाउँदै नपाउने तथा न्यून पारिश्रमिक पाउने समस्या लिएर र्फकन बाध्य छन् । सरकारले घरेलु काममा समस्या परेको भन्दै खाडी मुलुकमा हाउसमेडको रुपमा जान बन्द गरेको छ । सीप नहुने भएकाले अधिकांश महिला हाउसमेडमा जाने गर्दछन् भनेर आजको कारोबार दैनिकमा खबर छ ।

-www.onlinechautari.com

Post a Comment

 
Top