फोटो :क्याम्पस प्रमुखको कुर्सी जलाउँदै विद्यार्थीको समूह
काठमाडौं : एमाले निकट अनेरास्ववियु र एमाओवादी निकट अखिल (क्रान्तिकारी) बीचको विवादका क्रममा लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा तोडफोड भएको छ।
क्याम्पस प्रमुखमा दुवैपक्षले आफूनिकटका व्यक्ति हुनुपर्ने दाबी गरेपछि शुरु विवादले उग्ररुप लिएपछि क्याम्पसमा तोडफोड भएको हो । विद्यार्थीको झडपका क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमा समेत तोडफोड भएको छ । विद्यार्थीको समूहले क्याम्पस प्रमुखको कुर्सी समेत सडकमा ल्याएर आगो लगाएका छन् ।
आगजनी र तोडफोडको दोष दुबै विद्यार्थी संगठनले एक अर्कालार्इ लगाएका छन् । झडपका क्रममा सवारी साधन र क्याम्पसको फर्निचर पनि तोडफोड गरिएको छ ।
विद्यार्थी झडपमा उत्रेपछि खटिएको प्रहरी
-nnapurnapost.com
Post a Comment