टर्किस एयरलाईन्स दुर्घट्नाको असर
दोहा (कतार), फाल्गुन २२ - बैदेशिक रोजगारबाट बिदामा घर फर्कन लगेका कामदार र नेपाल घुम्न आएका पर्यटकहरु खाडीका बिमानस्थलहरुमा रोकिएका छन् । युरोप लगायत पुर्बी भागबाट आउने यात्रुका लागि कतार र युएई मुख्य ट्रान्जिट बिमानस्थल हो ।
त्रिभुबन बिमानस्थलमा दुर्घटना भएका टुर्की बिमानलाई समयमा 'रन वे' बाट हटाउन नसकेपछि खाडीस्थित धेरै यात्रु बोक्ने कतार एयरवेज, एयर अरेबिया, दुबई एयर र ओमन एयरको उडान अबरुद्ध हुन पुगेको छ । ती बिमानहरुबाट दैनिक एक हजारभन्दा बढी यात्रु नेपाल जाने गरेका छन् ।
युरोप लगायत देशबाट आएका 'ट्रान्जिट' यात्रुहरुलाई पनि ती बिमानले होटलमा लगेर राखेको छ । नेपाल एयरलाइन्सले कतारमा मंगलबार रातीदेखि एकसय १६ भन्दा बढी यात्रुलाई होटलमा राखेको स्टेशन म्यानेजर शम्भु बस्तोलाले बताए ।
तीन दिन देखि कतारस्थित हमाद अन्तराष्ट्रिय बिमानस्थलमा अलपत्र परेका सप्तरीका राघुन यादबले उडानको प्रतिक्षा गरेर बिमानस्थममै बसेको बताए । 'अब फर्केर गए बस्ने ठाँउ छैन् । बाहिर बस्नु भन्दा बिमानस्थलमै ठीक हुन्छ भनेर बसेको हो', यादबले कान्तिपुरलाई भने,'जहिले खुल्छ, त्यही समयमा जाने भन्दै बसिरहेको छु ।'
खाडीबाट सबैभन्दा बढी उडान भर्ने कतार एयरवेजले नेपाल जाने सबै काउन्टर बन्द गरेको छ । 'आएका यात्रुहरुको नम्बर टिपेर फर्काइ रहेको छ', बिदामा घर र्फकन लागेको गोरर्खाका राजेश्वर ढकालले भने,'अब उडान खुलेपनि कहिले पालो आँउछ टुंगो छैन् ।' दैनिक तीन उडान भर्ने कतार एयरवेजले झन्डै ५ सय यात्रुलाई बोक्ने क्षमता राख्छ ।
१० बजेबाट खुल्ने सम्भावना
संयुक्त अरब इमिरेट्स (युएई)स्थित आबुधाबी बिमानस्थलमा भने सयौं यात्रु ट्रान्जिटभित्रै रहेका छन् । 'साउदीबाट मंगलबार राती आइपुगेका थियौं । बुधबार बिहानको उडान थियो । त्यो रोकिएपछि हामी अलपत्र छौं', रामेछापका सिद्ध थापाले कान्तिपुरसँग टेलिफोन सम्र्पकमा भने,'जोसँग रकम छ । उसले किनेर खाएका छन् । नहुनेहरु भोकै छन् ।' बजेट एयरलाइन्स भएकोले एयर अरेबियाबाट यात्रुहरुले ट्रान्जिटमा रहदाँ सेबासुबिद्या लिन बञ्जित छन् । साउदी, कुबेत, बहराइनबाट नेपाल जाने यात्रुहरु आबुधाबीमा अलपत्र परेका हुन् ।
ओमनबाट नेपाल जान लगेकी नुवाकोटकी रिना राईले धेरै नेपालीहरु मस्कट बिमानस्थलमा अलपत्र परेको बताइन् । 'नेपाल जाने भनेर ओमनको सल्लाहाबाट एकहजार किलोमिटर यात्रा गरेर मस्टकमा आइपुगेँ', उनले भनिन,'यता बिमानस्थलमै अलपत्र परियो ।'
होम कार्की
-ekantipur.com/np
Post a Comment