खोटाङ, फागुन २० गते । ब्रिटिस गोर्खा वेलफेयर सेन्टरले खोटाङका तीन स्वास्थ्य चौकीलाई स्ट्रेचर प्रदान गरेको छ । गर्भवती, घाइते तथा बिरामीलाई स्वास्थ्य संस्थासम्म सहज रुपमा पु¥याउन सो सेन्टरले दुर्छिम स्वास्थ्य चौकीलाई नौ थान, खार्ताम्छा स्वास्थ्य चौकी र फेदी स्वास्थ्य चौकीलाई एक÷एक थान स्ट्रेचर प्रदान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको आग्रहमा सेन्टरले ‘साफा’ नामक संस्थाबाट स्ट्रेचर जुटाएर स्वास्थ्य चौकीलाई प्रदान गरेको जनाएको छ । प्रजिअ सापकोटाले स्थानीय स्वास्थ्य सहयोग समितिलाई ती स्ट्रेचर हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्य चौकीको नाममा प्राप्त भएको स्ट्रेचर ‘सुरक्षित मातृत्व’ कार्यक्रम सञ्चालनका लागि गाविसका नौवटै वडालाई एक÷एक वटाका दरले हस्तान्तरण गर्ने स्थानीय स्वास्थ्य सहयोग समितिका सदस्य चक्रकुमार राईले बताउनुभयो । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment