चलचित्रः डर्टी पोल्टिक्स
निर्देशकः केसी बोकाडिया
कलाकारः ओम पुरी, मल्लिका शेरावत, अनुपम खेर, नसीरुद्दिन शाह, ज्याकी श्राफ, सुशान्त सिंह, राजपाल यादब, गोविन्द नामदेव, आशुलोष राणा आदि ।
राजकुमार, अमिताभ बच्चन, रजनीकान्त, मिथुन चक्रवर्ती, सलमान खान, शाहरुख खान जस्ता दिग्गजहरुलाई लिएर फिल्म बनाएका छन् निर्देशक केसी बोकाडियाले ।
लगभग १२ वर्षपछि उनको मल्टिस्टार फिल्म सार्वजनिक भएको छ ‘डर्टी पोल्टिक्स’ । यो फिल्म भंवरीदेवी र राजनेता महिपाल मदेरणाको सेक्स टेपको कन्ट्रोभर्सीमाथि आधारित छ ।
कथा
राजनीतिलाई विविध रंगमा दर्शाएको छ डर्टी पोल्टिक्समा । यस फिल्मको केन्द्रमा छिन् अनोखी देवी (मल्लिका शेरावत) र मन्त्री दीनानाथ (ओमपुरी) ।अनोखीदेवी डान्सर हुन्छिन्, आफ्नो महत्वकांक्षा पुरा गर्नका लागि दीनानाथसंग यौन सम्बन्ध राख्छिन पटक-पटक । संर्सगका दृष्यलाई क्यामेरामा कैद गरेकी उनको यसको एउटै उदेश्य हुन्छ, दीनानाथसँग ब्ल्याकमेलिङ ।
सेक्सटेप खिचेको थाह पाएपछि प्रतिष्ठामा आँच आउने डरले दीनानाथ साम, दाम, दण्ड सबै अस्त्र प्रयोग गर्छन् । तर, पनि अनोखी डराउँदिनन् । दीनानाथलाई धम्कि दिईरहेकी हुन्छिन् ।
यही घटनामा विभिन्न चरित्रमा सहभागी हुन्छन् अनुपम खेर, नसीरुद्दिन शाह, ज्याकी श्राफ, सुशान्त सिंह, राजपाल यादब, गोविन्द नामदेव । यो फिल्ममा केही नेता भ्रष्टाचारको दलदलमा फसेको प्रसंग पनि उठाईएको छ ।
Post a Comment