0


२८ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत लाइन काटेपछि पनि महसुल तिर्न अटेर गर्ने ग्राहकलाई अन्य सरकारी सेवाबाट बञ्चित गराउनका लागि पत्र लेख्ने भएको छ ।
एक महिनाअघिदेखि प्राधिकरण सञ्चालन गरेको महसुल नतिर्नेको लाइक काट्ने अभियानअन्तर्गत प्राधिकरणले उनीहरुलाई महशुल-नतिरेसम्म अन्य सरकारी सेवाहरु नदिनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्र लेख्न लागेको हो ।

अभियानअन्तर्गत ५० करोड १५ लाख रुपैयाँबराबरको महशुल नतिरेका २४ हजार ८ सय ५६ ग्राहकको लाइन काटेको राजधानीमा खबर छ ।
प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेका अनुसार, सो रकममध्ये २४ करोड १६ लाख रुपैयाँ मात्र लाइक काटेपछि संकलन भएकोमा बाँकी झन्डै २६ करोड रुपैयाँ उठाउनका लागि नगिरेसम्म सरकारी सेवा नदिनका लागि पत्र लेख्न लागेको छ ।

-www.onlinekhabar.com

Post a Comment

 
Top