काठमाडौं । मुलुकका चर्चित २४ जना गायक गायिका गीत मार्फत देश चिनाउने अभियानमा लागेका छन् । ‘मेरो देश मेरो गौरव-एकता धुन’ नाम राखिएको गीतमा नबिन के भट्टराई, सुगम पोखरेल, निर्णय श्रेष्ठ, विजय लामा, नलिना चित्रकार, भरत सिटौला लगायतले स्वर दिएका छन् ।
प्रदीप खतीवडाको शब्द रहेको गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । भिडियोमा नेपालको सर्वोच्च शिखर सगरमाथा देखि तराईको मनोरम फाँटलाई प्रस्तुत गरिएको छ ।
नेपाली-नेपाली वीचको एकतालाई प्रर्बद्धन गर्न यस किसिमको गीत लेखेको गीतकार प्रदिप खतिवडाको बताए ।
‘कतिपय अवस्थामा देशभक्तिका गीतले टुटेको मन जोड्न सक्छ । नेपाली-नेपाली विच कसैको मन नटुटोस् भन्नका लागि पनि गीत लेखेको हुँ ।’ अनलाईनखबरसँग कुरा गर्दै गीतकार खतीवडाले भने ।
यस गीतको भिडियोमा पनि २४ जना कलाकारले अभिनय गरेका छन् । आशिष भेटवालको निर्देशनमा निर्माण भएको भिडियो युट्युब मार्फत सार्वजनिक भईसकेको छ ।
Post a Comment