0

उमा विष्ट


फोटो :बलात्कारीलार्इ सजाय माग गर्दै काठमाडौंमा गरिएको प्रदर्शनमा सहभागीहरु । फोटो : उमा विष्ट

काठमाडौं : बारा कलैयाकी सात वर्षीया बालिकालाई बलात्कार गर्ने अपराधीलाई फाँसीको सजाय माग्दै राजधानीमा विशाल प्रदर्शन भएको छ।

नागरिक अगुवाइमा भएको प्रदर्शनमा बालबालिका तथा महिला अधिकारका लागि क्रियाशिल विभिन्न संस्था, अधिकारकर्मी, विद्यार्थी, पेसाकर्मी तथा सर्वसाधारणको व्यापक सहभागिता थियो।



भद्रकालीबाट सुरु भएको जुलुसले सहरका विभिन्न भाग परिक्रमा गरेको थियो। बलात्कारीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै विभिन्न प्ले कार्ड प्रदर्शन गरिएको थियो र सरकारविरुद्ध नाराबाजी भएको थियो ।

बलात्कारपछि उपचारको क्रममा मृत्यु भएकी बालिकाको शव कलैयाको सडकमै राखेर प्रदर्शन गरिएको छ। अपराधीलाई फाँसीको सजाय नभएसम्म शव सडकबाट नउठाउने निर्णय संघर्ष समितिले गरेको छ ।













भिडियो







-annapurnapost.com

Post a Comment

 
Top