0


बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवकलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा अहिले पत्रकार सम्मेलन गर्दै बिकलाई सार्वजनिक गरेको हो।


महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा कार्यरत एसपी मीरा चौधरीको नेतृत्वको टोलीले एसिड आक्रमणकारी बिकलाई सिक्किम ग्यान्टोक(भारत) बाट नियन्त्रणमा लिएको हो।
मिराको नेतृत्वमा रहेको डिएसपी रमेश थापा,शिशु शर्मा, दिनेश आचार्य वेद विष्ट, प्रहरी निरीक्षक पूर्णिमा चन्द र निरज भट्टको टिमले पक्राउ गरेको हो।
प्रहरीले धेरै दिनको अनुसन्धान र खोजीपछि अन्ततः संगीताका परिवारजन डेरा गरी बस्ने घरमै डेरा लिएर बसेका युवकलार्इ समातेको हो।
मगर परिवारले बिकमाथि शंका गर्दै आएको थियो।
Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

 
Top