हाम्रो आँखा कसरी गलत हुनसक्छ? जब हामी कुनै कुरा स्पष्ट देख्छौं तब हामी आफूले देखेको कुरामा पूर्ण रुपमा ढुक्क भएर आफ्नो धारणा बनाउँछौं। र, कहिलेकाहिँ हामी गल्ती गर्छौं।
यदि तपाइँलाई लाग्छ की माथि देखाइएको लुगा सेतो र सुनौलो रंगको हो भने तपाइँ सतही रुपमा गलत हुनुहुन्छ।
ट्वीटरमा पोशाकको रंगलाई लिएर प्रतिक्रिया जनाउँदै ओस्कर विजेता जुलियाना मुरले आफूले सेतो र सुनौलो देखेको बताइन्। तर टेलर स्वीफ्ट र जस्टीन बीबर भने नीलो र कालो रंगको खेमामै छन्।
विज्ञको धारणा
हामीले बीबीसी वर्ल्ड सर्भिसकी फोटो सम्पादक एमा लिन्चलाई सोध्यौं - उनले सफ्टवयेरबाट फोटो सम्पादन गर्दा फोटो कुन रंगको थियो?
उनले विश्लेषणपछि भनिन्, पोशाकमा भएका सबै रंग निलो थियो न कि सेतो। भइरहेका रंगहरुमा अरु नथपी त्यसैलाई गाढा बनाउँदा पोशाकको रंग सबै नीलो देखिनेछ।
पोशाकमा प्रयोग भएका कपडामध्य नमूनाका लागि केही ठाउँमा आँखामा हाल्ने थोपा राखेर त्यस्तो नतिजा निकालिएको थियो।
कम्प्यूटरको विश्लेषणले पनि पोशाकको रंग निलो नै भएको पुष्टी गर्छ।
यो सबै कसरी सुरु भयो
यो फोटो सामाजिक सञ्जालमा पहिलोपटक राख्ने व्यक्तिले नै उनको यो खोजको पुष्टी गरेका हुन्।
स्कटल्याण्डकी २१ वर्षीया केइटलिन मक्निल लोक सांगितीक समूहकी एक सदस्य हुन्। एउटा विवाह समारोहमा उनीहरुले सांगीतिक प्रस्तुति गरिरहंदा दुलहीकी आमाले उक्त पोशाक लगाएकी थिइन्।
उनका अनुसार यो पोशाकको रंगलाई लिएर मतभेदहरु विवाह अगाडिबाटै सुरु हुन थालेको हो, जब दुलहीकी आमाले आफू विवाहमा के लगाउँदै छु भनेर उक्त पोशाकको फोटो हुनेवाला दुलाहा-दुलहीलाई देखाएकी थिइन्।
दुलहा र दुलही यो फोटोमा देखिएको पोशाक निलो र कालो वा सेतो र सुनौलो कुन हो भन्ने छुट्याउन नसकेपछि उनीहरुले त्यसलाई फेसबुकमा राखेका थिए।
त्यसपछि सामाजिक सञ्जालहरु उक्त फोटोलाई लिएर चर्चा झन झन चर्किएको हो।
किन हामीले फरक रंग देख्यौं?
नयां प्रविधि र प्राविधिक उपकरणहरुको समीक्षा गर्ने वेबसाइट wired.com का अनुसार लुगाको रंगको विषयलाई लिएर उत्पन्न अन्योल, मानिसहरुको आंखा र मष्तिष्कको विकास सूर्यको प्रकाशाम मात्र रंगहरु हेर्न र पहिचान गर्नका लागि भएको क्रमिक विकासको कारणसंग सम्बन्धित छ।
मानिसहरु दिउँसोको उज्यालोमा हेर्नको लागि अभ्यस्त हुंदै विकसित हुंदा हाम्रो मष्तिष्कले पनि घामको प्रकाशको रंग परिवर्तन हुन्छ भन्ने बास्तविकता अनुसार काम गर्ने गर्छ।
कुनै बस्तु विहानीको घाममा गुलाफी रातो देखिन्छ भने त्यो दिउँसोको मध्य घाममा हल्का नीलो-सेतो देखिन्छ र सुर्यास्तको समयमा त्यो पुन: रातो नै देखिन्छ।
मानव मस्तिष्कले असली रंग पहिचान गर्नका निम्ती सूर्यको प्रकाशको प्रभावलाई बेवस्ता गर्ने प्रयास गर्छ।
त्यसैले केही मानिसले उक्त पोशाकको रंग नीलो देख्छन् तर तिनीहरुको मष्तिष्कले त्यस्लाई बेवास्ता गरेर लुगाको वास्तविक रंग भन्दा पनि त्यो रंगमा परेको प्रकाशको स्रोतको रंगलाई वास्तविक रंग भन्ने ठान्छ। त्यस्तो अवस्थामा तिनीहरुले सो लुगाको रंगलाई सेतो र सुनौलो देख्छन्।
अरुहरुको मष्तिष्कले लुगाको खास रंगलाई नै बास्तविक रंग ठहर गर्छ र तिनीहरुले त्यो लुगालाई नीलो देख्छन्।
यस्तो प्रकृया हजारौं वर्षदेखि विद्यमान रहिरहेको छ। तर यसपटक यो लुगाको फोटोको विशेष गुणले हामीलाई अरु समयभन्दा स्पष्ट ढंगले त्यसका रंगहरुलाई चिन्ने कुरामा विभिन्न फरकपन देखाएको छ।
http://www.bbc.co.uk/nepali
Post a Comment