१९ फागुन, काठमाडौं । नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको टेलिफोन सेवाहरुमा एकअर्कामा रकम ट्रान्सफर गर्नसक्ने सुविधा थप गर्ने भएको छ । जीएसएम टेलिफोनअन्तर्गतको प्रिपेड मोबाइल सेवामा मात्र रहेकाले यो सुविधालाई टेलिकमले अन्य सेवासँग पनि जोड्ने योजना बनाएको अभियानमा खबर छ ।
ट्रान्सफर सुविधालाई अन्य टेलिफोनसँग जोड्न एकीकृत खाताको आवश्यकता पर्छ । प्रयोगकर्ताको जानकारी समेटिने उक्त खातामार्फत फरक किसिमका टेलिफोन सेवासँग ग्राहकलाई जोड्न सकिने झाले जानकारी दिए ।
-http://www.onlinekhabar.com
Post a Comment