0


फाइल तस्वीर
१ चैत, काठमाडौ । महानगरीय प्रहरी ट्राफिक महाशाखाले शनिबारको घटनापछि बिहान र दिउँसो पनि मापसे चेकिङ सुरु गर्ने तयारी गरेको छ । शनिबार रातभर मदिरा पिएका चालक निमा शेर्पाले आफ्नो गाडीमा २० फिट लामो डन्डी छिर्दा पनि पत्तो पाएका थिएनन् ।
महाशाखाका प्रमुख डिआइजी जयबहादुर चन्दले भने-‘हामी दिउँसो पनि सरप्राइज चेकिङ सुरु गछौं ।’

बेलुका ढिला र बिहान ट्राफिक चेकिङ कम भएपछि मापसे गरेर सवराी चलाउने प्रवृत्ति दिएकाले निरुत्साहित गर्न साँझदेखि बिहानैसम्म मापसे चेकिङ गर्न लागिएको चन्दको भनाइ छ ।

ट्राफिक प्रहरीले सामान्यतया बेलुका सात बजेदेखि ११ बजेसम्म मापसे चेकिङ गर्ने गर्छ । यसबाहेकको समयमा कहिलेकाहीं कुनै-कुनै ठाउँमा मात्र चेकिङ हुने गरेको नयाँ पत्रिकामा खबर छ ।

मादक पदार्थ सेवन गर्नेहरुले बेलुका ११ बजेपछि सवारी चलाउने प्रवृत्ति देखिँदै आएको ट्राफिक कार्यालयले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला दिनमा दैनिक एक सय ५० देखि दुईसयजनासम्म चालक मापसे कारबाहीमा पर्ने गरेका छन् ।

-onlinekhabar.com

Post a Comment

 
Top