0


काठमाडौं, २८ माघ । विश्वकप फुटबलको प्रारम्भिक छनौट खेलमा नेपाल घरेलु टोली भारतसँग पराजित भएको छ ।

गुवाहटीको इन्दिरा गान्धी एथलेटिक स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल चिरप्रतिद्धन्द्धी भारतसँग २–० गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा खलेकोा नेपाल दोस्रो हाफमा सम्हालिन सकेन । भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ५३ र ७१ औं मिनेटमा दुई गोल गरे ।

राम्रा अवसर बनाए पनि नेपाल गोल गर्न चुकेको थियो । खेलको २५ औं मिनेटमा भरतले दिएको पासमा विमल घर्तीमगर गोल गर्न चुकेका थिए ।

अनिल गुरुङ, जुमानु राई र सन्तोष साहुखललाई बेन्चमा राखेर विमल घर्तीमगर र भरत खवासलाई फवार्डमा खेलाइए नेपालको स्ट्राइकर पंक्ति कमजोर देखिएको थियो ।

अब एसियन कप २०१९ को छनोटका लागि आगामी चैत ३ गते नेपालले भारतसँग काठमाडौंमा होम गेम खेल्नेछ ।

Post a Comment

 
Top