१९ फागुन, काठमाडौं । सवारीचालक अनुमति पत्र (लाइसेन्स) वा सवारीधनी दर्ता किताव (ब्लुबुक) च्यातिने, बोकेर हिँड्दा पानीले भिज्ने वा हराएर हैरानी खेप्नुभएको छ ? छ भने अब चिन्ता गर्नु नपर्ने भएको छ ।
एसियाली विकास बैंकको सहयोगमा सरकारले कागडी कार्डको रुपमा रहेको लाइसेन्सलाई स्मार्ट कार्डमा विकास गर्न लागेको छ । स्मार्ट कार्ड एटीएम कार्डजस्तै डिजिटल कार्ड हो । यसमा सवारी चालक र सवारी धनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ । पहिलो चरणमा सवारी लाइसेन्सलाई यो प्रविधिमा रुपमान्तरण गर्ने र त्यसपछि ब्लुबुकलाई पनि लैजाने तयारी रहेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बताए ।
एडीबीको इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी प्रोजेक्टअन्तर्गत लाइसेन्स र ब्लु बुकलाई स्मार्ट कार्डमा रुपमान्तरण गर्न लागिएको हो । यो प्रविधिका लागि बैंकले विभागलाई १५ करोड रुपैयाँ सहयोग गरेको छ ।
-onlinekhabar.com
Post a Comment