0

काठमाडौं, फागुन २२ गते । नेपालको सांङ्गीतिक रियालीटी सो कोका–कोला ‘नेपाली तारा ३’ को अन्तिम चरणको छनौटमा सुरेस लामा, प्रताप लामा र देबेस राई पर्नुभएको छ ।
छुट्टा–छुट्टै गायन कलामा पोख्त तीन प्रतिभामध्ये सुरेश लामा चितवन आइडलको पनि रनर अप हुन्, अर्का प्रतिस्पर्धी नेपाली ताराको दोस्रो सिजनका रनरअप सूर्य किरण लामाका भाइ प्रताप लामा रेष्टुरेण्टहरुमा गाउ“नुहुन्छ । यसैगरी इटहरीका देबेस राई पप गीतहरु गाउन बढी रुचाउनुहुन्छ ।
उत्कृष्ट तीन प्रतियोगीहरुले यस प्रतियोगिताको नियम अनुसार आ–आफ्नो प्रतिभाको अन्तिम स्टुडियो प्रदर्शन गरिसक्नुभएको छ, त्यसमा प्राप्त अङ्कमा दर्शकको भोट पनि जोडिने आयोजकले जनाएको छ ।
भोटिङ लाइन फागुन २२ गते बिहान १० बजेसम्म खुला रहने छ ।

नेपाली तारा ३ को यस साङ्गीतिक यात्रा भदौ १७ देखि धरानबाट सुरु भएको थियो । त्यसपछि नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हु“दै राजधानी काठमाडौ“मा शुरू भएको हो ।

नेपाली तारा ३ को फाईनल प्रतियोगिता २२ फागुनमा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने भएको छ ।
प्रतियोगिताको विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगायत दुईलाख पचास हजार नगद पुरस्कार र ३ वटा गीत गाउने अवसर पाउनेछन् । जसको ३ वटा म्युजिक भिडियो पनि बनाइने छ । यसका साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्ट गर्ने अवसर पनि पाउनुहुनेछ ।

विजेताले डिजिटल कि प्रोडक्सनको प्रायोजनमा अस्ट्रेलिया ट्रिप, र सर्वोत्कृष्ट दुई विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिप जाने अवसर पाउनुहुनेछ ।

अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइल कम्पनीले विश्वको सबैभन्दा पातलो मोवाइल समेत प्राप्त गर्नुहुनेछ ।

अन्तिम १० प्रतियोगिहरु प्रत्येकले एघार हजार नगद पुरस्कारका साथ विशेष टपटेन एल्वममा एउटा गीत गाउने अवसर पाउनेछन् ।

Post a Comment

 
Top