बझाङ : चामल एक क्विन्टलको देशका दुर्गम ठाँउहरूमा कतिजती पर्ला ? तीन, चार वा बढीमा पाँच हजार। तर जिल्लाको सबैभन्दा दुर्गम गाविस काँडामा यसको १२ हजार मुल्य पर्दछ। एक क्विन्टलको चामलको १२ हजार पर्ने भएपछि त्यहाँकाका बासिन्दा भात भन्दा स्थानीय उत्पादन आलु, फापर र जौ खान्छन्।
भौगोलिक हिसाबले देशकै ठुलो क्षेत्रफल रहेको काँडा गाविसमा पुग्न सदरमुकाम चैनपुरबाट चार पाँच दिन लाग्ने भएकाले भेडाच्यांग्रा र खच्चरबाट खाद्यन्न ढुवानी गरिन्छ। जंगलको बाटो भएकोले खच्चरभन्दा पनि भेडा च्याङरामा नै खाद्यन्न ढुवानी हुने उनीहरु बताउछन्।
काँडाका धलौन गाउँका तिलक विकले चैनपुरमा ३४ सय क्विन्टल पर्ने मोटो चामलको सिजनमा काँडामा १२ हजारमा खरिद बिक्री हुनेगरेको जानकारी दिए। उनले भने, 'बर्खामा त त्यही चामलको १७/१८ हजार रुपैयाँसम्मा किनेर खाने गरेका छौ।'
सदरमुकाम चैनपुरबाट काँडामा गरिने मालसामान दुवानीको सबैभन्दा तलको गाँउ धलौनका लागि प्रतिकेजी एक सय १०, त्यसभन्दा माथlल्लो गाँउ काँडाका लागि एक सय ३० र अन्तिम गाँउ धुलीका लागि एक सय ८० रुपैयाँ भाडा लिने गरिन्छ। भरियाले यो दररेटभन्दा १०-२० रुपैँया बढी लिन्छन्।
'काँडा जाँदा अर्को मुलुक गएजस्तो लाग्छ।' गाविस सचिव धन बहादुर घर्तीले भने, ' यहाँ महँगोमा खाद्यान्न किनेर खानुपर्ने सबैभन्दा ठूलो समस्या छ।'
-
-जगदीश रोकाया
annapurnapost.com
Post a Comment