१ चैत, काठमाडौं । देशभर हरेक दिन झन्डै चार महिला बलात्कारको सिकार हुने गर्छन् । तीमध्ये अधिकांश १६ वर्षभन्दा कम उमेरका छन् । अघिल्लो वर्षको तुलनामा बलात्कारका घटनामा पनि दोब्बरले बृद्धि भएको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा देशभर जबर्जस्ती करणी तथा करणी उद्योगका एक हजार तीन सय २६ घटना भए । जबकि, आर्थिक वर्ष ०६९/७० मा देशभर ६ सय ७७ मात्रै बलात्कारका घटना भएका थिए । प्रहरीका प्रवक्ता डिआईजी कमलसिंह बलमे पछिल्लो वर्ष बलात्कारका घटना अस्वाभाविक ढंगले बढेको बताएको नयाँ पत्रिकामा खबर छ । ‘बलात्कारका घटना बढेका छन्,विशेषगरी पीडित हुने बालिका धेरै छन्,’ उनलेभ ने ।
चालू आर्थिक वर्ष ०७१/७२ को पछिल्लो साता महिनामा भने बलात्कारका घटना झिनो संख्याले बढेको देखिन्छ । प्रहरीको तथ्यांकअनुसार यस अवधिमा देशभर प्रत्येक दिन तीन महिला/बालिका बलात्कार भएका छन् । गत साउनदेखि माघसम्म सात सय ९६ बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन् । कतिपय घटना प्रहरीसम्म आइनपुग्ने भएकाले बलात्कारका वास्तविक घटना अझै धेरै हुनसक्ने प्रहरी अधिकारी बताउँछन् ।
-onlinekhabar.com
Post a Comment