नयाँ बानेश्वरमा सामूहिक होली मनाइँदै । तस्वीर: देवकी बिष्ट
होलीका बेला राजधानीका विभिन्न स्थानबाट साँझ ५ः०० बजेसम्म १०६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
होली मनाउने नाममा मादकपदार्थ सेवन गरी चलाइएका ५०० मोटरसाइकल तथा नौवटा कारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता नारायणसिंह खड्काले जानकारी दिए ।
यद्यपी विगतका वर्षमा भन्दा यस वर्षको होली भव्य र सभ्य बनेको देखियो ।
पहिले भन्दा सभ्य र भव्य
होली शुरु हुनुभन्दा पाँच/सातदिन अगावै उपत्यकामा सामान्य हिँडडुलका लागि पनि समस्या भोग्नेगरेका सर्वसाधारण यस वर्ष भने त्यो क्रम निकै कम भएको बताउँछन् ।विशेष गरी महिलावर्गलाई हिँडडुल गर्न असहज हुने गरेकोमा यस वर्ष भने होलीकै दिन पनि जवर्जस्ती लोला हान्ने, पानी छ्याप्नेजस्ता घटना निकै कम भए ।
यस वर्ष सार्वजनिक सवारीसाधन विगतका वर्षमाभन्दा बढी नै चलेका कारण आवतजावत गर्नेले पनि ठूलै राहत महसुस गरेका थिए ।
राजधानीका विभिन्न स्थानमा सामुहिक होली पनि उत्साहजनकरुपले मनाइएको देखिन्थ्यो ।
नयाँ बानेश्वरमा सामूहिक होली मनाइँदै । तस्वीर: देवकी बिष्ट
‘वसन्तपुरका रङ्गहरु’ नाम दिइएको वसन्तपुरको होलीको विशेष समारोहमा विदेशी पर्यटक पनि नेपाली होलीको स्वाद लिँदै उत्साहपूर्णरुपमा रङ्ग दलेर रमाए ।
रङ्ग विरङ्ग दलेर सामूहिक तवरले विभिन्नरुपमा तस्वीर खिचाउने क्रम पनि हेर्न लायक थियो ।
टुँडिखेलमा आयोजित होलीको विशेष समारोहमा युवा/युवती दिनभर नै साङ्गीतिक माहौलमा रमेका देखिन्थे भने राजधानीका सडकमा नेपालको राष्ट्रिय झण्डा लिएर‘‘ह्याप्पी होली’ भन्दै हिँडेका दृश्य पनि निकै रोचक देखिन्थे ।
टुँडिखेलमा मारवाडी सेवा समितिले होलीका दहन कार्यक्रम पनि आयोजना गरेको थियो ।
-www.himalkhabar.com
Post a Comment